लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु)

सब डिभिजन वन कार्यालय गोरुसिङ्गे

बुद्धभूमि न.पा.-२, गोरुसिङ्गे, कपिलवस्तु

मोतीराम पौडेल

वरिष्ठ वन अधिकृत

विभिन्न किसिमका श्रोतहरु मध्ये वन क्षेत्र एक महत्वपुर्ण नविकरणीय प्राकृतिक श्रोत हो वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा सदुपयोग गरी वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने मुख्य जिम्मेवारी तथा भूमिका वन कार्यालयको हो । वि.सं. २०४० सालमा बिकेन्द्रिकरणको संरचना अनुसार मेल खाने गरि यस कपिलबस्तु जिल्लामा पनि जिल्ला वन कार्यालयको स्थापना गरि ३ वटा ईलाका वन कार्यालय र १५ वटा रेन्ज पोष्टको स्थापना गरि वनको संरक्षण व्यवस्थापन र विकास गर्दै आईरहेकोमा नेपालको संबिधान २०७२ जारि भएपश्चात संघियता कार्यान्वयन गर्ने क्रममा सामान्य प्रशासन मन्त्रालय प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहने निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिबेदन २०७५ अनुसार डिभिजन वन कार्यालय कपिलबस्तु (कपिलबस्तु) को मातहतमा रहने गरी सब डिभिजन वन कार्यालय गोरुसिङ्गेको स्थापना भएको हो ।

यस कार्यालयको कार्यक्षेत्र बुद्धभूमि नगरपालिका वडा नं. १ र २ (गोरुसिङ्गे सन्धिखर्क सडक खण्डको पूर्व तथा गोरुसिङ्गे तौलिहवा सडकको पश्चिमको केहि भाग) अन्तर्गत ८०७९.३१ हे. (८५.८८%) वनक्षेत्र, १४.७२ हे. (०.१५%) झाडी बुट्यान क्षेत्र, १२.०८ हे. (०.१२%) सार्वजनिक वन क्षेत्र र १३००.९६ हे. (१३.८२%) वन बाहेकको क्षेत्र रहेको छ । यस कार्यालय अन्तर्गत जनसहभागितामा आधारित वन व्यवस्थापनका लागि ३ किसिमको व्यवस्थापन पद्धति (सामुदायिक, साझेदारी र धार्मिक) अपनाईएको छ । सोही अनुरुप १७ वटा सामुदायिक वन उपभोक्ता समूह, १ वटा साझेदारी वन उपभोक्ता समूह र २ वटा धर्मिक वन उपभोक्ता समूहहरुलाई वन व्यवस्थापन कार्यका लागि प्राविधिक सहयोग उपलब्ध गराउदै आईरहेको छ ।